नेकपा विवादः यी विषयमा हुँदैछ सहमति

काठमाडौंः नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदल बनाएर पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउन सहमत भएका छन् ।

नौ दिनपछि दुई अध्यक्षबीच भएको छलफलमा कार्यदल बनाउने प्रस्तावमा सहमतिनजिक पुगेको ओली र दाहाल निकट नेताहरूको दाबीसहितको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

कान्तिपुरका अनुसार छलफलमा दुई पदबाट नहट्ने गरी ओलीको तर्फबाट प्रस्ताव पेस भएको थियो । जसअनुसार पहिलो अध्यक्ष ओली नै रहने, तर दाहाल पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने रहेको छ । यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने, मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने प्रस्ताव आएको दाहालले नेताहरुलाई जानकारी गराएका छन् । त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावका बारेमा पनि अध्यक्षद्वयबीचमा छलफल भएको छ ।

याे पनि पढ्नुस  प्रचण्डविरुद्धको स्टाटसपछि चुलियो विवाद, “हुट्टिट्यॉऊ ले आकाश थेगेको आजसम्म देखेको छैन है कामरेड !”

यस्तै, ओली र दाहालबीच चाँडै नै स्थायी कमिटी बैठक बसाल्ने विषयमा पनि छलफल सकारात्मक भएको छ ।

आजको नयाँ पत्रिकाका अनुसार दुई अध्यक्षबीच अधिकार बाँडफाँडको विषयमा लगभग सहमति भएको छ । ‘विषयवस्तुकेन्द्रित सकारात्मक संवाद भएको छ । शुक्रबार पनि छलफल हुन्छ । सहमति बन्छ कि भन्ने विश्वास बनेको छ,’ गृहकार्यमा जुटेका एक नेताले भनाई उदृत गर्दै नयाँ पत्रिका लेख्छ ‘स्थायी कमिटी बैठकचाहिँ सुचारु हुन्छ ।’ नेता नेपालसहितका अन्य नेतालाई पनि विश्वासमा लिने र यसै साता स्थायी कमिटीमार्फत निर्णय लिने ओली–प्रचण्डको तयारी छ ।

याे पनि पढ्नुस  नेकपा नेता रायमाझीको निधन

छलफल निष्कर्ष आउने गरी समाधानउन्मुख भएको भन्दै ओली र प्रचण्डले शुक्रबार पनि छलफललाई निरन्तरता दिने समझदारी गरेको नेताहरूले बताएका छन् । ‘उहाँहरूबीच एक साताभित्र स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने समझदारी भएको छ,’ दुवै अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेका एक नेताले भने, ‘तत्काललाई बैठक सुचारु गरेर समग्र प्याकेजमा सहमतिको खोजी गर्न विभिन्न विकल्पहरूमा छलफल जारी राख्दै अघि बढ्ने विषयमा पनि उहाँहरू सहमत हुनुभएको छ ।’

याे पनि पढ्नुस  ‘कम्युनिष्ट भनेका जनताका असल छोराछोरी हुन्’

बुधबार एपी वान टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या पाँच दिनभित्रै अर्कै ‘सिनारियो’ देखिने गरी समाधान गर्ने ठोकुवा गरेका थिए । उनले बिहीबारबाटै ‘काउन्टडाउन’ सुरु भएको बताएकै दिन उनीहरूबीच छलफल भएको हो ।

कमेन्ट गर्नुहोस्