कोरोनाबाट थप १ संक्रमितको मृत्यु

विराटनगरः कोसी अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुष रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।

दासका अनुसार मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्याका साथै शरीरमा रगतको कमी पनि देखिएको थियो । ती पुरुष मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।

याे पनि पढ्नुस  मलेसियामा नेपाली कामदारको मृत्यु

योसँगै मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । ९ मध्ये ६ जनाको कोशी अस्पतालमै मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्