काठमाडौं उपत्यकामा २५ स्थान सिल, कहाँ कति ?

काठमाडौंः उपत्यकामा कोरोना संक्रमितको संख्या १५७३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित काठमाडौं जिल्लामा १२७२ जना, ललितपुरमा १९० जना र भक्तपुरमा १११ जना रहेका छन् । उपत्यकामा बिहीबार मात्रै १२७ जना संक्रमित थपिएका थिए ।

उपत्यकामा पछिल्लो समय लगातार कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । जोरबिजोर रुपमा सञ्चालन भैरहे पनि सार्वजनिक सवारीमा कोरोना संक्रमणको जोखिम उच्च देखिन्छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सेवाहरु सटडाउनको निर्णय गरेका छन् । पछिल्लो समय उपत्यकाका स्थानीय तहहरु पनि कोरोना संक्रमण फैलिरहेका प्रति चिन्तित देखिएका छन् ।

याे पनि पढ्नुस  बिहानै थपिए ९७ संक्रमित, कहाँ कति ?

यस्तै उपत्यकामा विभिन्न क्षेत्रमा कोरोना संक्रमित फेला परेपछि सिल गरिएका छन् । वडावडामा संक्रमित देखिएका स्थानहरू सिल गर्ने क्रम पनि जारी राखेका छन् । अहिलेसम्म २५ स्थान सिल भइसकेका छन् ।

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले उपत्यकाका २५ स्थान ७ देखि १० दिनका लागि सिल गरिएको बताए । उनका अनुसार काठमाडौंमा ६ स्थान, भक्तपुरमा १८ स्थान र ललितपुरमा १ स्थानमा सिल गरिएको बताए ।

याे पनि पढ्नुस  एक हप्तासम्म नेपालममा भेटिएनन् कोरोना संक्रमित

१५ दिनका लागि काठमाडौं महानगरपालिका–१४ सिल गरिएको छ । कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको वडा कार्यालयले जनाएको हो।

गत शुक्रबार मध्यरातिदेखि उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिएको छ ।

काठमाडौंको महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई शनिबारदेखि सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र पनि शनिबार ‘सिल’ गरिएको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा कोरोनाको नयाँ रेकर्ड, ‘हट स्पट’ बन्दै

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोना भाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको छ । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको थियो ।

कमेन्ट गर्नुहोस्