कोशी अस्पतालमा थप १ संक्रमितको मृत्यु

विराटनगरः कोशी अस्पताल थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय युवक हुन् । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार बिहान अस्पताल भर्ना गरिएका युवकमा कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएको थियो ।

त्यसपछि आइसोलेसनमा राखेर उपचार शुरू गरिएका युवकको रिपोर्ट नआउँदै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । शुक्रबार बिहान आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  आज १ हजार १११ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २० हजार नाघ्यो

यसअघि कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।

कोरोनाबाट थप १ संक्रमितको मृत्यु

कमेन्ट गर्नुहोस्