ओली–प्रचण्डबीच भेट हुँदै, विवादको निकास निकाल्ने तयारी

काठमाडौंः नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार पनि भेटवार्ता हुँदैछ ।

केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा हुने द्विपक्षीय वार्तामा नेकपामा देखिएको समस्या समाधानका विकल्पबारे छलफल हुनेछ । सकेसम्म आजै निकास निकाल्नेगरी सहयोगीसमेत राखेर वार्ता गर्ने तयारी छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीलाई ७ पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने

ओली–दाहालबीच बिहीबार भएको छलफल सकरात्मक भएको बताइएको छ । स्रोतका अनुसार सहमतिका लागि शक्तिशाली समिति नै बनाएर साझा प्रस्ताव तयार पार्ने विषयमा छलफल सकरात्मक भएको छ ।

यस्तै, ओली र प्रचण्डबीच चाँडै नै स्थायी कमिटी बैठक बसाल्ने विषयमा पनि छलफल सकारात्मक भएको नेताहरूले बताएका छन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमितको संख्या अझै बढ्नसक्छः प्रधानमन्त्री ओली

१४ असार मदनजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले आफूलाई हटाउन भारत र पार्टी नेताहरूले षड्यन्त्र गरिरहेको अभिव्यक्ति दिएपछि १६ असारमा बसेको स्थायी कमिटी बैठकमा उनको राजीनामा नै मुख्य एजेन्डा बनेको थियो । त्यसपछि नेकपामा विवाद सिर्जना भएको छ । त्यसपछि ओली–प्रचण्डबीच छलफल हुँदै आए पनि निष्कर्ष निस्किएको छैन ।

कमेन्ट गर्नुहोस्