फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः शुक्रबार सुनको मूल्य फेरि बढेको छ ।

बुधबार ६ हजार २ सयले घटेको सुनको मूल्य बिहीबार २ हजार ४ सय रुपैयाँले बढेको थियो । फेरि शुक्रबार सुनको मूल्य उकालो लागेको हो ।

शुक्रबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको हो । शुक्रबार प्रतितोलाको मूल्य ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

याे पनि पढ्नुस  फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ बजार

यस्तै, चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँ रहेको छ । बिहीबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँ पुगेको थियो ।

कमेन्ट गर्नुहोस्