थप ४८ जनामा कोरोना पुष्टि

वीरगञ्जः पर्सा, बारा र महोत्तरीका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२ जना महिला छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जका २४ जना, बाराका २१ जना, महोत्तरीका २ र भारतीय महावाणिज्य दूतावासका ३२ वर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । योसँगै पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ११६५ पुगेको छ ।

याे पनि पढ्नुस  कोरोनाको भारतमा नयाँ रेकर्ड

नारायणी अस्पतालमा चिकित्सकसहित १२ जना संक्रमित भएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा मात्रै २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्