नेकपा विवादमा सहमति खोज्न कार्यदल गठन, को–को परे ?

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र देखा परेको विवाद हल गर्न ६ सदस्यीय कार्यदल गठन भएको छ । नेकपा अध्यक्षद्वयबीच केपी ओली र प्रचण्डबीच आज भएको छलफलमा उक्त कार्यदल गठन भएको  हो ।

दुबै अध्यक्षबीच भएको सहमतिअनुसार, स्थायी समितिको बैठकमा प्रस्तुत एजेण्डा तथा अन्य विवादित विषयमा निष्कर्शमा पुग्न ओली, प्रचण्ड र माधव नेपाल निकट स्थायी समिति सदस्य रहने गरी ६ सदस्यीय टोली गठन भएको हो ।

याे पनि पढ्नुस  भारतीय मिडियालाई नारायणकाजीको चेतावनीः अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर

कार्यदलमा शंकर पोखरेल, विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनार्दन शर्मा रहेका छन्।  कार्यदललाई विवाद अन्त्य गर्ने विषयमा सहमतिको प्रस्ताव तयार गर्ने जिम्मेवारी दिइएको छ ।

१४ असार मदनजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले आफूलाई हटाउन भारत र पार्टी नेताहरूले षड्यन्त्र गरिरहेको अभिव्यक्ति दिएपछि १६ असारमा बसेको स्थायी कमिटी बैठकमा उनको राजीनामा नै मुख्य एजेन्डा बनेको थियो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली असार ५ मा चीन जाने

प्रधानमन्त्रीको अभिव्यक्तिले स्थायी समितिका नियमित एजेण्डामाथिको छलफल प्रभावित भएपछि नेकपा एकता नै संकटमा परेको थियो । त्यसपछि दर्जनौपटक दुबै अध्यक्षबीच छलफल भएपनि सहमति जुटन सकेको थिएन । हिजो र आज भएको छलफलपछि सहमति खोज्ने दिशामा प्रगति देखिएको हो ।

कमेन्ट गर्नुहोस्