सिन्धुपाल्चोक पहिरोमा पुरिएका ५ जनाको शव फेला

काठमाडौंः सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिमा पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ । मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता (डीएसपी) माधव काफ्लेले रातोपाटीलाई जानकारी दिए ।

पहिरोका कारण ३८ जना बेपत्ता छन् । बेपत्ताको संख्या थपघट हुनसक्ने बताइएको छ । पहिरोले पुरिएर गम्भीर घाइते भएका यमु ल्हामु दोङलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । यमु ल्हामुको बानेश्वरस्थित सिभील अस्पतालमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  जनताको आसु पुछ्दै सिन्धु ड्रागन ग्रुप

चारजना घाइतेको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा उपचार भइरहेको छ । रुप बहादुर दोङ, जुनुमाया दोङ, केवलीङ दोङ र पासाङ दोङको चौतारामा उपचार भइरहेको डीएसपी काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्