व्यापारीमा कोरोना देखिएपछि बन्द गरिए विशाल बजारका पसल

काठमाडौं : व्यापारीमा कोरोना पुष्टि भएपछि काठमाडौंको विशाल बजार क्षेत्रका पसल बन्द गरिएका छन् ।

बिहीबार विशाल बजार क्षेत्रका २ जना व्यापारीमा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-२४ ले सूचना जारी गर्दै शुक्रबारदेखि भदौ ७ बजेसम्मका लागि पसल बन्द गर्न आग्रह गरेको छ ।

याे पनि पढ्नुस  नेपालगञ्जमा कर अधिकृतमा कोरोना पुष्टि, आन्तरिक राजश्व कार्यालय बन्द

हाल विशालबजारदेखि इन्द्रचोकसम्मका पसल बन्द छन् । न्युरोडका केही पसलसमेत बन्द गरिएको छ ।

कमेन्ट गर्नुहोस्