रामेछापको लिखु गाउँपालिका अध्यक्ष पक्राउ

मन्थली : प्रहरीले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई पक्राउ गरेको छ ।

उनलाई आज व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मेछापका प्रहरी प्रमुख डीएसपी वसन्त पाठकका अनुसार स्थानीय उपभोक्ता समितिका १ व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको हो ।

याे पनि पढ्नुस  मोही विवादमा युवकको हत्या, ७ जना पक्राउ

खड्का तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्