काठमाडौंका अस्पतालले उपचार गर्न नमानेपछि गाउँ फर्किए १ कोरोना संक्रमित

सिन्धुली : काठमाडौंमा उपचार नपाएपछि सिन्धुलीका १ जना कोरोना संक्रमित गाउँ फिर्ता भएका छन् ।

जिल्लाको तीनपाटन गाउँपालिका-९ रिठ्ठेका ७५ वर्षीय वृद्ध पुरुष उपचार नपाएपछि गाउँ फिर्ता भएका हुन् ।

अन्नपूर्ण पोस्ट्को समाचारका अनुसार स्वास्थ्यमा समस्या आएपछि ती वृद्धलाई आफन्तले गएको १६ गते काठमाडौं लिएर गएका थिए ।

याे पनि पढ्नुस  महाबौद्धका व्यापारीलाई देखियो कोरोना, वडाले जारी गर्यो यस्तो सूचना

‘उनको उपचारका क्रममा गत बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको थियो,’ टिनपाटन टाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाको भनाई उदृत गर्दै समाचारमा भनिएको छ, ‘त्यसपछि काठमाडौंका अस्पतालले वृद्धको उपचार गर्न नमानेपछि उनका छोराले कोरोना लागेको छैन भन्दै झुक्याएर घरमा ल्याएको हो ।’

याे पनि पढ्नुस  फेरि काठमाडौं प्रवेशमा कडाइ

सिन्धुलीमा आइसोलेसन बेडसमेत अभावका कारण एकदिन घरमै सुरक्षित राख्ने र शनिबार मात्र उपचारका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी गरिएको पनि अध्यक्ष थापाको भनाई छ।

कमेन्ट गर्नुहोस्