नेपालमा थप ५९४ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या १७ हजार नाघ्यो

काठमाडौं  : नेपालमा शुक्रबार थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोभन्दा बढी हो । हिजो नेपालमा ५ सय २५ जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

याे पनि पढ्नुस  नेपालमा थपिए आज ५२५ कोरोना संक्रमित

अहिले देशभर ८ हजार २८ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४० जना डिस्चार्ज भएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७७ पुगेको छ । हाल देशभर क्वारेन्टाइनमा १४ हजार व्यक्ति रहेका छन् । आज ११ हजार ५ सय ७५ जनाको पीसीआर गरिएको छ ।

कमेन्ट गर्नुहोस्