काठमाडौं उपत्यकामा आज ११९ जनामा कोरोना संक्रमण

काठमाडौं : शुक्रबार काठमाडौं उपत्यकामा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर ५ सय ९४ जनामा कोरोना पुष्टि भएको मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

हिजो नेपालमा ५ सय २५ जनामा कोरोना देखिएको थियो ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

अहिले देशभर ८ हजार २८ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४० जना डिस्चार्ज भएका छन् ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७७ पुगेको छ । हाल देशभर क्वारेन्टाइनमा १४ हजार व्यक्ति रहेका छन् । आज ११ हजार ५ सय ७५ जनाको पीसीआर गरिएको छ ।

कमेन्ट गर्नुहोस्