नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा मोरङ र सिरहाका १/१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको छ ।

काठमाडौं उपत्यकामा आज ११९ जनामा कोरोना संक्रमण

नेपालमा थप ५९४ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या १७ हजार नाघ्यो

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  कोरोनाबाट काठमाडौंमा ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३८ पुग्यो