गोविन्द गौतमको ‘भेटौँ शनिबार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : गायक गोविन्द गौतम र गायिका मेलिना राईको स्वरमा सजिएको गीत ‘भेटौ शनिबार’ को भिडियो सार्वजनिक भएको छ ।

कुमार कार्कीको शब्द/संगीत तथा कृष्ण भान्जाको एरेन्ज रहेको गीत गायक गौतमको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिमसेन अधिकारीको र खमेश श्रेष्ठको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सन्ध्या बुढा (काउली बुढी), गोविन्द गौतम, अर्जुन सिलवाल, एलिशा गिरी लगायतले अभिनय गरेका छन् । सो म्युजिक भिडियोमा क्यामेरा ओम प्रसाईं, सम्पादन सरिता गौतम, कोरियोग्राफी अर्जुन सिलवालको रहेको छ ।

याे पनि पढ्नुस  ‘गज्जब क्रु’को पहिलो प्रस्तुति ‘मेरी पुतली’ सार्वजनिक (भिडियोसहित)

गीत सुमधुर हुनुका साथै भिडियो पनि उत्कृष्ट बनेकोले दर्शकस्रोताले मन पराउनेमा आशावादी रहेको गायक तथा मोडल गौतमले बताए ।

यसअघि गायक गौतमले ‘साँढे गोरु झै’, ‘मायालुको ज्यान’, ‘तिमी मेरो बुढा म चाही तिम्रो पोई’ जस्ता गीत बजारमा ल्याइसकेका छन् ।

याे पनि पढ्नुस  आज शनिबार, कस्तो छ तपाइको दिन? पढौं राशिफल

कमेन्ट गर्नुहोस्