कुन-कुन जिल्लामा थपिए आज कोरोना संक्रमित? (सूचीसहित)

काठमाडौं : शुक्रबार नेपालमा ५ सय ९४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । देशका विभिन्न ३९ स्थानमा परीक्षण गर्दा आज ५ सय ९४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

आज काठमाडौंमा ८३, ललितपुरमा ३०, भक्तपुरमा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

याे पनि पढ्नुस  फेरि धमाधम लकडाउन गरिँदै, अहिलेसम्म कहाँ–कहाँ भयो ? (सूचीसहित)

त्यस्तै, आज नै पर्सामा ७०, मोरङमा ६६, धनुषामा ५४, झापामा ९, सुनसरीमा २४, सप्तरीमा १४, उदयपुरमा १, सिरहामा ३, महोत्तरीमा ४०, सर्लाहीमा १२ संक्रमित थपिएका डा. गौतमले जानकारी दिए ।

उनका अनुसार शुक्रबार नै सिन्धुलीका १०, दोलखाका १, धादिङका २, नुवाकोट, लमजुङ, स्याङ्जा, सिन्धुपाल्चोक, कास्की, पर्वतका १/१, चितवनका १४, मकवानपुरका १८, नवलपरासी पूर्वका २, तनहुँका २२, कपिलवस्तुका १०, रूपन्देहीका१४ जनामा पनि कोरोना पुष्टि भएको द्ध ।

याे पनि पढ्नुस  ‘बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव हुँदैन’

त्यस्तै, बाँकेका२२, बर्दियाका ५, सल्यान, दाङ, हुम्ला, बझाङ, बाजुराका १/१, सुर्खेतका १८, दैलेखका ३, कैलालीका ८, अछामका ६ र कञ्चनपुरका २ जनाको पीसीआर पनि पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्