धनुषामा थप १ कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम : धनुषामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका-४ का ५० वर्षीय पुरुष रहेका छन् ।

श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर, यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।

याे पनि पढ्नुस  चीनमा फेरि नयाँ कोरोना संक्रमित बढ्दै

उनलाई बिहीबार दिउँसो १ बजे रेफर गरेको र ३ बजे नै मृत्यु भएको पाइएको झाले बताए । योसँगै प्रदेश २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्