मुख्यमन्त्री राई मास्कविना प्रतिबन्धित सभामा पुगेपछि…

विराटनगर : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले जनताको घरघरमा पुगेर सेवा प्रवाह गरेको बताएका छन् ।

आइसोलेसन बेड अभावका कारण प्रदेश-१ मा एक सयभन्दा बढी कोरोना संक्रमित घरमै बस्न बाध्य भएको अवस्थामा मुख्यमन्त्री राईले बताएका हुन् ।

कोरोना संक्रमण तीव्र रूपमा फैलिएका कारण संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध लगाएको छ । तर, मुख्यमन्त्री राई बिहीबार प्रतिबन्धित ३ वटा कार्यक्रमको प्रमुख अतिथि बने ।

याे पनि पढ्नुस  प्रदेशका जनताको स्वास्थ्यको जिम्मेवारी सरकारले लिन्छः मुख्यमन्त्री राई

कार्यक्रममा भौतिक दूरी कायम भएको थिएन । मानिसको भिड थियो । मुख्यमन्त्री राई आफैंले पनि मास्क लगाएका थिएनन् ।

कार्यक्रममा सहभागी अन्यले मास्क चिउँडोमा लगाएका थिए । तीनै कार्यक्रममा भाषण गर्दै मुख्यमन्त्री राईले घरघरमा पुगेर सेवा प्रवाह गरेको दाबी गरे ।

याे पनि पढ्नुस  ट्राफिक नियम उल्लंघन गरे स्पटमैं कार्वाही गरिने

बिहीबार उनले झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रमिण पूर्वाधार सडक परियोजना अन्तरगत निर्मित सडक उद्घाटन गरे ।

सडक उदघाटन गर्दै उनले सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना संघीय सरकारबाट पूरा हुने बताउँदै निराश बन्नु नपर्ने बताए ।

कमेन्ट गर्नुहोस्