सांसद यादवलाई कोरोना संक्रमण पुष्टि

जनकपुरधाम : संघीय सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

सप्तरी-१ बाट निर्वाचित डा. यादवलाई बिहीबार राति कोरोना पोजिटिभ देखिएको हो । उनी लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

बाल रोग विशेषज्ञ ६४ बर्षीय डा.। यादव आफू अहिले स्वस्थ्य रहेको प्रतिक्रिया दिए ।

याे पनि पढ्नुस  सरकारले बनायो कोरोना १९ क्राइसिस म्यानेजमेन्ट टिम, को–को छन् ?

उनले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्