उपत्यकामा भेला, प्रदर्शन र पारिवारिक जमघट गर्न नपाइने

काठमाडौं : काठमाडौं उपत्यकामा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाउने निर्णय गरिएको छ ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  सार्वजनिक सवारी बन्द गर्ने तयारीमा सरकार

आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ ।

यस्तै, भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न पनि रोक लगाइएको छ । दैनिक हुने नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधिमा रोक लगाइएको छ ।

याे पनि पढ्नुस  काठमाडौंकै ढलमा भेटियो कोरोना भाइरस

अब पुजारीले नित्यपूजाबाहेक अरूलाई मन्दिर जान समेत प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेशमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्