नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय पुगेको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका-४ का ५० वर्षीय पुरुषको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय पुगेको हो ।

कोरोनाबाट मृत्यु भएका ती पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो ।

याे पनि पढ्नुस  निधारमा मृत्यु नलेखेपछि... १८ तलाबाट खस्दा समेत ४ महिनाको शिशु सकुशल

यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।

मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।

कमेन्ट गर्नुहोस्