दाङमा भदौ १ देखि ८ गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा

दाङ : कोरोना भाइरस (कोभिड-१९) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म राती निषेधाज्ञा गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरूपले बन्देज लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुख, सुरक्षा निकायमा प्रमुख, विषयगत कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्बर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको बैठकले चाडपर्वको नाममा समाजमा बढी रहेको भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरूपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  दलित महिला मन्दिरकाे पुजारी !

वैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरूपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङलगायतका कार्य गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरूपमा सञ्चालन गराउने निर्णय गरेको छ ।

बैठकले जिल्लामा सबै खाले गतिविधिलाई अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, स्थानीय तहसहितको जिल्ला अनुगमन समिति गठन गरेको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

यस विषयमा प्रमुख जिल्ला अधिकारी रिजालले दाङलाई कोभिडबाट मुक्त राख्नका लागि राति पूर्णरूपले बन्देज र दिउँसो नियन्त्रणमुखी उपाएको खोजी गरिएको बताए ।

कमेन्ट गर्नुहोस्