माइत आएकी महिलाको सर्पको टोकाइबाट मृत्यु

डोटी : विषालु सर्पको डसाइबाट डोटीमा ३० वर्षीया १ महिलाको मृत्यु भएको छ ।

प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका-७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका-१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमानसँगै माइती आएकी थियो ।

याे पनि पढ्नुस  डोटीमा २१ नेपाली सैनिकमा कोरोना संक्रमण

उनलाई दिउँसो माइती नजिकै सर्पले डसेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्