सिन्धुपाल्चोक पहिरो : ११ जनाको शव फेला, २७ अझै बेपत्ता

चौतारा : सिन्धुपाल्चोकको जुगल गाँउपालिका-२, लिदीमा पहिरामा पुरिएका ११ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेका अनुसार पुरिएको अवस्थामा ११ वटा शव भेटिएको हो ।

जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजी कार्य जारी राखेका छन् । पहिरोले लिदी गाँउका ३७ घरमा क्षति पुर्‍याएको छ ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोक पहिरो: बेपत्ता ३८ मध्ये ४ जनाको शव फेला, ५ जनाको उद्वार

पहिरोमा परी घाइते भएका १ जनाको काठमाडौंमा उपचार भइरहेको छ भने ४ जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ । पहिरोमा परी ९ जना घाइते भएका छन् ।

पहिरोमा बेपत्ता हुनेहरूमा छविलाल दोङ, सोमरानी, धनलक्ष्मी, शिरमाया, बिबरानी, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो, सोनाम दोङ रहेका छन् ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोक पहिरो : ११ जनाको मृत्यु, २० अझै बेपत्ता (नामसहित)

त्यस्तै, हीरा भक्ति, जीते झाँक्री, दिन्दुस, सुरज, करेसमाई, च्यामा, सानु, टीकामाई, छिरिङ, मानबहादुर, जयबहादुर, प्रिया दोङ, प्रीति, कान्छी, सानुकान्छी, वाङ्ची लामा दोङ हराइरहेका छन् ।

गर्भवतीसमेत रहेकी सानुकान्छी दोङ पनि पहिरोमा बेपत्ता छिन् । धनमाया तामाङ दोङ, रेनिस, मेकमाई, मिलन, विमला, माइला पाराङ, प्रकाश, साइली, आयुश दोङ र सुवास तामाङ हराइरहेका छन् ।

कमेन्ट गर्नुहोस्