सर्वोच्च अदालतको सेवामा कटौती गर्ने निर्णय

काठमाडौं : सर्वोच्च अदालतले कोभिड-१९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएपछि आगामी भदौ १५ गतेसम्मका लागि सेवा कटौती गर्ने भएकोे छ ।

अदालतले आज सूचना जारी गरी बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, संवेदनशील विषय, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता तथा सुनुवाइ एवं मुद्दा फिर्ता र मिलापत्रका काम मात्र गर्ने जनाएको हो ।

याे पनि पढ्नुस  ज्ञानेन्द्र शाहीलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चले दियो आदेश

सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकामा समेत सङ्क्रमण बढ्दै गएको र परीक्षणबाट यस अदालतका कर्मचारी, न्यायाधीशका निजी सुरक्षाकर्मी समेतमा सङ्क्रमण देखिई माननीय न्यायाधीशहरू नै होम क्वारेन्टाइनमा रहनु परेको अवस्था छ,’ सूचनामा भनिएको छ, ‘यस परिस्थितिमा सेवाप्रवाहमा संकुचन ल्याउन आवश्यक रहेको विषयमा नेपाल बार एशोसिएसन तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट समेत अनुरोध भई आएको छ ।’

याे पनि पढ्नुस  सवारी पासमा नयाँ नियम लागू

काठमाडौं उपत्यकाका हकमा भने यही ८ साउनदेखि सुरु भएको हदम्याद, म्याद र तारिखमा उपस्थित हुने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्