यी हुन् आजदेखि काठमाडौं उपत्यकामा गर्न नपाइने ११ गतिविधि (सूचीसहित)

काठमाडौंः काठमाडौं उपत्यकामा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाउने निर्णय गरिएको छ ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा थपिए आज १७ कोरोना संक्रमित

शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ ।

‘कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि तत्काल थप सतर्कता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नेरगराउने सन्दर्भमा मिति २०७७/०४/३० गते राति १२ बजेदेखि मिति २०७७/०५/१५ राति १२ बजेसम्मका लागि काठमाडौं जिल्लाभरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम देहायबमोजिमका गतिविधिहरू गर्ने निषेध गर्ने गरी आदेश गरिएको छ,’ तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा भनिएको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा फेरि थपियो निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्