भारतमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः पछिल्लो २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ शुक्रबार ६५ हजार ६१० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

साथै उक्त अवधिमा भारतमा ९९० जनाको मृत्यु हुँदा ५६ हजार ९२० जना निको भएका छन् । योसँगै यो समाचार तयार पार्दासम्म भारतमा संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको छ भने ४९ हजार १३४ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  कोरोनाको भारतमा नयाँ रेकर्ड

१८ लाख सात हजार ५५६ जना निको हुँदा संक्रमित संक्रमित संख्या छ लाख ६८ हजार ४४ रहेको छ ।

शुक्रबार अमेरिकामा ६० हजार ६ सय जनाको संक्रमित थपिँदा एक हजार एक सय २० जनाको मृत्यु भयो र योसँगै त्यहाँ संक्रमितको संख्या ५४ लाख ७६ हजार २६६ पुग्दा एक लाख ७१ हजार ५३५ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  कोरोनाबारे सफल नीति बनाउन नसकेको भन्दै हटाइए स्वास्थ्यमन्त्री

त्यस्तै, शुक्रबार ब्राजिलमा ४९ हजार २४७ जना संक्रमित थपिँदा एक हजार सात जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या ३२ लाख ७८ हजार ८९५ पुग्दा एक लाख छ हजार ५७१ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्