पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

बागलुङः निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुर्दा उनका १४ वर्षिय छोरा विरेन्द्र विक र छोरीको छोरा ६ वर्षीया नाति प्रवेश विकको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  करेन्ट लागेर दुई जनाको मृत्यु

पहिरोमा परी विककी श्रीमती ५३ बर्षिय विलसरा विक घाइते भएकी छन् । उनको पहिरोबाट उद्धार गरी उपचारको लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराईले जानकारी दिए । घरको माथिल्लो तला अर्थात आँटीमा सुतेका परिवार सकुशल रहेका छन् ।

याे पनि पढ्नुस  कालीकोट जिल्ला पहिरोको उच्च जोखिममा

शुक्रबार राति साढे दुई बजेको समयमा पहिरो गएको थियो । राति सुतेको बेलामा पहिरो जाँदा घरमा सुतेका ६ जना मध्ये दुईको मृत्यु, एक घाईते र अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्