रसियापछि बेलायतले पनि बनायो कोरोना खोप

एजेन्सीः बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड–१९ खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ ।

बेलायत सरकारले खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको छ । कोभिड भाइरस रोक्नको लागि अत्यन्त आशाजनक ठानिएको यो अर्को खोप हो । न्यूयोर्कमा स्थित फाइजर कम्पनी, अमेरिकाका विश्वविद्यालयहरू र अस्पतालहरूले गरेको यस इन्जेक्सनको प्रारम्भिक मानव परीक्षणले आशाजनक नतिजा उत्पादन गरेको छ ।

याे पनि पढ्नुस  यी हुन् कोरोनाबारे सिसिएमसीले गरेको महत्वपूर्ण ८ निर्णय (सूचीसहित)

खोप प्राप्त गर्ने मानिसहरूको प्रतिरोध क्षमतमा पहिलेको भन्दा सुधार आएको छ । खोप परीक्षण गरिएका मानिसहरुमा यसको कुनै खतरनाक साइड इफेक्टहरू देखा परेन तर केहीले भने सामान्यतया टाउको दुख्ने र थकान महसुस गरेको गुनासो गरेका थिए ।

फाइजरले निर्माणको प्रयास गरिरहेको यो खोपको नाम बीएनटी१६२बी१ राखिएको छ । यस खोपको परीक्षणले एक आशाजनक नतिजामा देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र इम्पीरियल कलेज लन्डनले बनाएको खोप समेत मानव परीक्षणमा सफल हुने प्रारम्भिक संकेत देखिएको छ ।

याे पनि पढ्नुस  बजारमा आउने बित्तिकै ‘कोरोना खोप’ ल्याउने तयारी गरिरहेका छौँ : स्वास्थ्यमन्त्री ढकाल

कोभिडविरुद्ध खोप निर्माण गर्ने पहिलो राष्ट्र भने रसिया बनेको छ । रसियाले कोभिड १९ विरुद्ध निर्माण गरेको खोप मानव परीक्षणमा समेत सफल भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्