कोरोनाबाट थप १ जनाको मृत्यु, मृतक संख्या १०१ पुग्यो

पर्साः पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायि कोभिड उपचार केन्द्र गण्डकमा वीरगन्ज महानगरपालिका वडा नं. १२ मुर्ली निवासी ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

साउन २१ गते संक्रमण पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन २४ गते अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा भर्ना गरिएको थियो ।

याे पनि पढ्नुस  बिहानै थपिए ७४ संक्रमित, कहाँ कति ?

कोभिड उपचार केन्द्र गण्डकका संयोजक डा. उदयनारायण सिंहका अनुसार मृतक उच्च रक्तचाप, मधुमेह र पारालाइसेस रोगबाट ग्रसित रहेका थिए । पर्सामा हालसम्म २६ जनाको कोरोनाका कारण ज्यान गउको छ जसमा दुई जना भारतीय छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०१ पुगेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्यो

कमेन्ट गर्नुहोस्