बुवाको मृत्युपछि आमाले छोडेका बालकलाई सहयोग

किरण धामी, डोटी/३० साउन : बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर गएपछि बिचल्लीमा परेका सायल गाउँपालिका-६ का ३ जना बालकहरूलाई एक महिलाले खाद्यान्न र लुगा कपडा सहयोग गरेकी छन् ।

सायल गाउँपालिका-५ की महिला तथा लगन शिल महिला साना किसान तथा सहकारी सस्थाकी अध्यक्ष सृजना डुम्रेलले बिचल्लिमा परेका बालकहरूलाई ७ हजार बराबरका खाद्यान्न र लत्ता कपडा वितरण गरेकी हुन् ।

याे पनि पढ्नुस  क्वारेन्टानमा बसेकाहरू योगाभ्यासमा व्यस्त

अभिभावक बिहिन बालकहरू अलपत्र भएको बिषयमा विभिन्न समाचार माध्यममा तथा सामाजिक सन्जाल फेसबुकमा समाचार आएपछि बालकहरूलाई अन्य क्षेत्र तथा विभिन्न व्यक्तिबाट समेत सहयोग भइरहेको छ ।

यो भन्दा पहिला पनि अभिभावक विहिन बालकहरूलाई वडा कार्यालय तथा अन्य केही व्यक्तिले सहयोग गरिसकेका छन् ।

याे पनि पढ्नुस  थुनामा रहेका एक युवकको शंकास्पद मृत्यु

बिचल्लीमा परेका बालकहरूको सहयोगको लागि भन्दै सायल गाउँपालिका-६ नारागाउँका स्थानीय दिपक बहादुर खातीले अभियान नै सञ्चालन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्