यी हुन् काठमाडौंमा सिल गरिएका क्षेत्र (सूचीसहित)

काठमाडौंः उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार छ सय ९२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित काठमाडौं जिल्लामा १३५५ जना, ललितपुरमा २२० जना र भक्तपुरमा ११७ जना रहेका छन् । उपत्यकामा शुक्रबार मात्रै ११९ जना संक्रमित थपिएका थिए ।

उपत्यकामा पछिल्लो समय लगातार कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । जोरबिजोर रुपमा सञ्चालन भैरहे पनि सार्वजनिक सवारीमा कोरोना संक्रमणको जोखिम उच्च देखिन्छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सेवाहरु सटडाउनको निर्णय गरेका छन् ।

पछिल्लो समय उपत्यकाका स्थानीय तहहरु पनि कोरोना संक्रमण फैलिरहेका प्रति चिन्तित देखिएका छन् । शुक्रबार रातिदेखि उपत्यकाका तीनवटै जिल्लामा ११ गतिविधिमा रोक लगाइएको छ ।

याे पनि पढ्नुस  कोरोना रोक्न भारत सरकार असफल, शुक्रबार आजसम्मकै बढी ५७ हजार संक्रमित

यस्तै उपत्यकामा विभिन्न क्षेत्रमा कोरोना संक्रमित फेला परेपछि सिल गरिएका छन् । वडावडामा संक्रमित देखिएका स्थानहरू सिल गर्ने क्रम पनि जारी राखेका छन् । अहिलेसम्म २५ स्थान सिल भइसकेका छन् ।

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले उपत्यकाका २५ बढी स्थान ७ देखि १० दिनका लागि सिल गरिएको बताए । उनका अनुसार काठमाडौंमा ६ स्थान, भक्तपुरमा १८ स्थान र ललितपुरमा १ स्थानमा सिल गरिएको बताए ।

सम्बन्धित समाचारः यी हुन् आजदेखि काठमाडौं उपत्यकामा गर्न नपाइने ११ गतिविधि (सूचीसहित)

सिल गरिएका क्षेत्रः
बल्खु, हनुमान गल्ली, बाफल, मेट्रो हल, कालीमाटी, कलंकी, गणेश मन्दिर, कुलेश्वर, आवास हाइट, सन, इन्द्रचोक, टेकु, न्यूरोड, कोटाल टोल, गहनापोखरी–हाँडीगाउँ, असर्फी टोल, महाबौद्ध, कोटेश्वर, रञ्जना गल्ली, भोटाहिटी, मखन टोल, भोटेबाहाल, लगनटोल, कुमारीगल ।

याे पनि पढ्नुस  बाजुरामा थप ४१ जनामा कोरोना पुष्टि

– भक्तपुर सुर्यविनायक नगरपालिका-४ हिञ्चोक दधिकोट स्थित घर कम्पाउण्ड एरिया

-भक्तपुर सुर्यविनायक न.पा-२ गोदावरी पुल स्थित घर कम्पाउण्ड

-भक्तपुर मध्यपुर थिमी न.पा-५ राधेराधे स्थित घर कम्पाउण्ड

-भक्तपुर मठि न.पा-५ परानो गिठी संक्रमित बस्दै आइरहेको घर तथा कम्पाउण्ड

-भक्तपुर चाँ न.पा -७ खरिपाटी संक्रमित बस्दै आइरहेका घर तथा कम्पाउण्ड

-भक्तपुर सुर्यविनायक नागरपालिका वडा-१ सिरुटार स्थित संक्रमण पुष्टि भएकाको घर कम्पाउण्ड

-भक्तपुर मठि न.पा ०७ धुन्चेपाखामा रहेको-६ जनाको परिवार बस्ने घर र कम्पाउण्ड

-भक्तपुर गिठी नगरपालिका वडा-१ लोकन्थली स्थित संक्रमित भेटिएको घर तथा कम्पाउण्ड

याे पनि पढ्नुस  कोरोना संक्रमितको पहिचान नखुलाउनुः स्वास्थ्य मन्त्रालय

-भक्तपुर व्यापसी न.पा-२ स्थित घर कम्पाउड

-भक्तपुर चाँनपा-७ स्थित घर र कम्पाउण्ड

-भकत्पुर सुनपा-४ दधिकोट स्थित रहेको घर र कम्पाउण्ड

-भक्तपुर मठिनपा-३ कौशलटार

-भक्तपुर मठिनपा-३ कौशलटार

-भक्तपुर मठिनपा-६

-भक्तपुर सुर्यविनायक न.पा-८ सिपाडोल

-भक्तपुर मध्यपुर ठिमी न.पा-१ लोकन्थली

-भक्तपुर मठिमि न.पा-१ कौशलटार

-भक्तपुर चाँनपा-१

-भक्तपुर सुर्यविनायक नपा-५ सल्लाघारी स्थित घर कम्पाउण्ड

-काठमाडौंको शंखरापुर न.पा वडा-९ लाकिला पिपलबोट देखी कागेश्वरी मनहरा नपा वडा नं -१ गलफेदी बजारको सीमाना सम्मको एरिया

-काठमाडौंको चन्द्रागिरी ना.पा-१२ बलम्बुस्थित ४ तल घर

– काठमाडौं वडा-३२ कोटेश्वर एरियामा सेतोओपी मार्ग, पानीपुरी चोक ,महादेवस्थान, मदनभण्डारी पार्क, अष्टाङग आर्युवेदिकसम्म

– त्रि.वि.वि शिक्षण अपताल महाराजगन्ज

कमेन्ट गर्नुहोस्