आज कुन जिल्लामा कति कोरोना संक्रमित थप? (विवरणसहित)

काठमाडौं : गत २४ घण्टामा नेपालमा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

आज चितवनका ९, बाँकेका ११, बर्दियाका १४, काठमाडौंका ८०, ललितपुरका ९, भक्तपुरका ९, धनुषाका २७, काभ्रेपलाञ्चोकका ९, रामेछापका ३, मोरङका ६५, सप्तरीका २, सिरहका ५, सुनसरीका १९, तेह्रथुमका १, बझाङका १ र डडेल्धुराका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  अष्ट्रेलियाका स्टार बलर रिचडर्सनलाई कोरोना संक्रमणको आशंका

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार दोलखाका ५, उदयपुरका २, कपिलवस्तुका ३२, नवलपरासी पूर्वका २, बाराका २, पर्साका २४, खोटाङका ६, रसुवाका १, सर्लाही ५४, कास्कीका ११, दैलेखका ३, सुर्खेतका ५, गुल्मीका १, रुपन्देहीका २, महोत्तरीका ९, बाग्लुङका २, गोरखाका १, स्याङ्जाका १, तनहुँका २, दाङका ११, सिन्धुलीका १, मकवानपुरका २१ र रौतहटका ४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

याे पनि पढ्नुस  थप ४ जनामा देखियो कोरोना

त्यस्तै गत २४ घण्टामा १ सय २४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेहरूको संख्या १७ हजार २ सय १ पुगेको छ ।

क्षिरेश्वरनाथ नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

भारतमा एकैदिन ५७ हजार संक्रमित उपचारपछि डिस्चार्ज

कमेन्ट गर्नुहोस्