एउटै वडामा १६ जनालाई सर्पले टोक्यो, स्थानीयवासी त्रसित

जलेश्वर : महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् ।

महोत्तरीको भङ्गहा नगरपालिका-५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् ।

धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  सेना निःशुल्क स्वास्थ्य शिविरः ६२ वर्षीया महिलाको पाठेघरबाट ५ किलोको ट्युमर निकालियो

शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई एउटै सर्पले टोकेको भन्दै अहिले सो गाउँभरी त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए ।

अहिले त्यहाँका स्थानीयवासी आ-आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताए ।

याे पनि पढ्नुस  आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर

शुक्रबार ७ मुस्लिम महिला र १ सरदार पुरुषलाई सर्पले टोकेको भन्दै सर्पदंश उपचार केन्द्र बर्दिबासमा भर्ना गराइ उपचार भइरहेको छ भने अन्य ७ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।

नगरप्रमुख साहले बर्दिबास र स्थानीयस्तरमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

कमेन्ट गर्नुहोस्