धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं : भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनले आज इन्स्टाग्राममा एक तस्बिर राख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरको हुन् ।

उनले सन्यास घोषणा गर्दै सबैलाई धन्यवाद दिएका छन् । धोनीले अन्तिम पटक २०१९ मा इंग्ल्याण्डमा भएको वानडे विश्वकप खेलेका थिए ।

याे पनि पढ्नुस  रोहितले आज पूरा गर्न सक्छन् यी २ कीर्तिमान

त्यसयता उनले टिममा मौका पाउन सकेका छैनन् । धोनीले आइपीएल भने खेल्ने छन् । आइपीएलमा धोनीले लामो समयदेखि चेन्नई सुपर किंग्सको नेतृत्व गरिरहेका छन् ।

भारतका लेजेण्ड क्रिकेटर धोनीले सबै फर्म्याटमा भारतका लागि ३ सय ३२ खेल खेलेका छन्। जसमा १ सय ७८ खेल जितेका छन्।

याे पनि पढ्नुस  जिग्री–पाँडेद्वारा क्रिकेट रंगशाला निर्माण अभियानलाई आर्थिक सहयोग

धोनीले आफ्नो कप्तानीमा २ सय एकदिवसीय खेलमा भारतलाई १ सय १० खेल जिताएका छन्।

धोनीले कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए।

कमेन्ट गर्नुहोस्