विज्ञप्तिका भरमा पार्टी चल्दैन : पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं : पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका/११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले पार्टीका नेता/कार्यकर्ताको भावनासहित उहाँहरूको क्रियाशीलताले पार्टी चल्ने बताएका हुन् ।

‘पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ,’ उनले भने । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका नेता बाँस्कोटाले आफ्नै पार्टीभित्र निषेधको राजनीति नगरी खुल्लमखुला राजनीति गर्न चेतावनीसमेत दिए ।

याे पनि पढ्नुस  मन्त्री बाँस्कोटा भन्छन्, ‘नेपाल हरेक सूचाङ्कमा माथि उक्लिएको छ’

बाँस्कोटाले ठूलो पार्टीमा कहिलेकाहीँ समस्या देखिने स्वीकार्दै वर्तमान समस्या केही दिनमै हल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘नेकपा पार्टीलाई कसैले दुर्घटनातर्फ लैजान सक्दैन, दुर्घटनामा जान कार्यकर्ताले कुनै पनि हालतमा अनुमति दिँदैनन् ।’ नेकपाको वर्तमान सरकारमा युगिन अभिभारा भएको दाबी गर्दै उहाँले कोही पनि विचलित नहुन आग्रह गरे ।

याे पनि पढ्नुस  पाँच वर्षमा २ अंकको आर्थिक वृद्धिदरः मन्त्री बाँस्कोटा

नेता बाँस्कोटाले यसअघिका सरकारले लिपुलेक र लिम्पियाधुराका विषयमा कुनै पनि विषय नउठाएको उल्लेख गर्दै नेकपाको सरकारले वास्तविक नक्सा जारी गरी भूमि फिर्ता ल्याउन भारत सरकारसँग वार्ता गर्ने विश्वास व्यक्त गरे । ‘भारतसँग वार्ता सुरु भएको छ, हामी ढुक्क छौँ, राजनीतिक तवरले भूमि फिर्ता हुनेतर्फ सबै विश्वस्त बन्नुपर्छ,’ उनले भने । अबको विकासले जनताको जीवनमा सकारात्मक प्रभाव हुनुपर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्