सुरेश रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एजेन्सी: भारतीय क्रिकेटर सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

रैनाले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन्।

सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै रैनाले सन्यास घोषणा गरेका हुन्।

पूर्व कप्तान महेन्द्रसिंह धोनीले सन्यास घोषणा गरेको केहि समयपछि रैनाले सन्यास घोषणा गरेका हुन्।

याे पनि पढ्नुस  रैनाको घुँडाको अपरेशनपछि महान् फिल्डर जोन्टी रोड्सले लेखे भावुक सन्देश

३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए।

रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-२० खेलेका छन्।

भारतका लागि टेस्टमा रैनाले ७ सय ६८ रन बनाउँदा एकदिवसीयमा ५ हजार ६१५ र टी-ट्वान्टीमा १६ सय ५ रन बनाएका थिए।

याे पनि पढ्नुस  पारसको आज जन्मदिन, आईसीसीले पनि दियो तारिफ गर्दै शुभकामना

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि रैनाले फ्रेन्चाईज क्रिकेट भने खेल्ने छन्।

इन्डियन प्रिमियर लिग (आईपीएल) रैनाले चेन्नई सुपर किङ्स खेल्छन्। उनी सीएसकेका उपकप्तान हुन्।

कमेन्ट गर्नुहोस्