नेपाल टेलिकम घोराही दाङको टोलीद्वारा पूर्व सभामुख महरासंग भेटघाट

दाङः नेपाल टेलिकम घोराही दाङको टोलीले पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरासंग भेटघाट गरेको छ ।

घोराही उपमहानगरपालिकाका आम नागरिकहरुलाई सर्वसुलभ दरमा गुणस्तरीय सेवा दिने उद्देश्यले घोराही बजारमा अप्टिकल फाइबर बिस्तार गर्ने टेलिकमको लक्ष्यअनुसार पूर्व सभामुख महरासंग भेटघाट गरि यो कार्य तत्काल अगाडी बढाउन पहल गरिदिन अनुरोध गरेको हो ।

याे पनि पढ्नुस  पूर्वसभामुख महरा विरुद्धको मुद्दाको फैसला आज

नेपाल टेलिकम घोराही दाङका कार्यालय प्रमुख अमरनाथ योगीको नेतृत्वमा आएको टोलीले टेलिकमको ‘फाइबर टु दी होम’ भन्ने नाराअनुसार सिधै नागरिकहरुको घरघरमा सस्तोमा इन्टरनेट पुर्याउने लक्ष्य राखेको र यसको लागि ढिला सुस्ती भैरहेकाले यसलाई फास्ट ट्रयाकबाट जति सक्दो छिटो कार्यान्वयनमा ल्याउन पहल गरिदिन पूर्व सभामुख महरालाई अनुरोध गरेका थिए ।

याे पनि पढ्नुस  ‘महराको गल्तीमा मैले किन सजाय पाउने?’

जवाफमा पूर्व सभामुख महराले आफु संचारमन्त्री हुँदा जनताको ‘हातहातमा मोबाइल र घरघरमा इन्टरनेट’को नारा लिएर द्रुतगतिमा काम गरेको दृष्टान्त दिंदै यसका लागि तत्काल पहल गर्ने बचन दिएका थिए ।

आफ्नो निर्वाचन क्षेत्रका आम नागरिकलाई सर्वसुलभमा गुणस्तरीय सेवा उपलब्ध गराउने आफ्नो प्रमुख दायित्व भएको भन्दै पूर्व सभामुख महराले आफुले यसका लागि आजैबाट पहल गर्ने बताए ।

याे पनि पढ्नुस  दाङका धार्मिक पर्यटकीय स्थलमा पूर्वसभामुख महरा

हाल घोराहीका केहि भागमा यसको परिक्षण प्रयोग भएपनि आम नागरिकहरुको घरघरमा यस्तो सेवा पुग्न नसक्दा नागरिकहरुले महँगोमा निजि कम्पनीहरुबाट नेट चलाउन बाध्य भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन पूर्व सभामुख महराले बिशेष चासो राखेका थिए ।

कमेन्ट गर्नुहोस्