एसईईकाे नतिजा भाेलि आउने

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले भोली वा पर्सिभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ ।

याे पनि पढ्नुस  आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौ–स्रोतले भन्यो । बोर्डले सबै कर्मचारी र सदस्यलाई आइताबारको लागि तयारी हुन आग्रह गरेको छ–स्रोतले भन्यो । बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिको लागि सिसिएमसिमार्फत मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्री परिषदको बैठकले सावधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

याे पनि पढ्नुस  मंगलबारभित्र एसईईको नतिजा प्रकाशित

विद्यालयले प्रमाणित गरी पठाएको विवरण शिक्षा विकास तथा समन्वय इकाईले तयारी गरी पनिकामा पठाएको थियो । पनिकाले अंकलाई अक्षरांङक प्रणालीमा तयार गरेको छ । योवर्ष विद्यालयले गरेको अन्तिम मुल्याङकको आधारमा परीक्षाफल प्रकाशित हुनेछ । यो वर्ष ४ लाख ८५ हजार परीक्षार्थीले परीक्षा दिएका छन् । याे समाचार नेपाल समाचारपत्रमा समाचार छ ।

याे पनि पढ्नुस  कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक हुने

कमेन्ट गर्नुहोस्