प्रचण्डको संयमताले जोगिएको त्यो भयानक दुर्घटना

यदि अध्यक्ष ओलीले देखाएको व्यवहारको प्रतिक्रियास्वरुप प्रचण्डले पनि त्यही इगो राखेर त्यो दिन कदम चालेको भए ?

भीष्म थापा । व्यक्तिको जीवन र राजनीतिमा कहिलेकाहिं एक क्षणका लागि गरिने निर्णयले सिँगो जीवन या राजनीतिक धारा नै परिवर्तन हुन्छ । जस्तो कुनै व्यक्तिले जीवनको कुनै कालखण्डमा र, अझ अप्ठ्यारो अवस्थामा लिने निर्णयले उसको जीवनमा सकारात्मक या नकारात्मक दुबै अवस्था निम्त्याउन सक्छ । यही कुरा राजनीतिमा पनि लागु हुन्छ ।

राजनीतिक व्यक्ति बाहिरबाट हेर्दा यान्त्रिक जस्ता लाग्छन् । अझ नेतृत्वको कुरा गर्दा त उनीहरुको व्यक्तिगत राय, मत या विचार भन्दा पार्टी, त्यसको विधि, त्यसको पद्दती र भविष्य महत्वपूर्ण हुन्छ । त्यसैले खासगरी वामपन्थी पार्टीमा सदस्यता प्राप्ती गर्दा नै ‘म मेरो व्यक्तिगत हितभन्दा पार्टीको हितलाई सर्वोपरि मान्ने छु ।” भन्ने शपथ लिइन्छ ।

यो शपथ लिएका व्यक्तिले अझ नेतृत्वले व्यक्तिगत आग्रह या मनोविज्ञानका आधारमा निर्णय लिए भने के होला ? पार्टी र पार्टीको भविष्य एकातिर, पार्टीसँग आस्थावान हजारौं जनता एकातिर, देशको भविष्य एकातिर तर नेतृत्वको स्वार्थ, विचार र मनोविज्ञान अर्कोतिर हुने अवस्था पनि राजनीतिमा आउँछन् । कतिपय बेला आफूलाई कुनै कुरा चित्त नै बुझेको हुँदैन त्यो बेला आफूलाई लागेको या मनमा तत्काल आउने विचार नै प्रधान मानेर आफू नेतृत्वमा भएका कारण प्राप्त हुने अधिकार (प्राधिकार) प्रयोग गर्ने हो भने त्यसले माथि भनेझैं इतिहासमा दुर्घटना निम्त्याउन सक्छ । कतिपयबेला यसले इतिहासमा फडको पनि मार्न सक्छ ।

नेपालकै वामपन्थी आन्दोलनमा पनि कतिपय अवस्थामा नेतृत्वको विचार स्थापित हुन्छ र त्यो पारित हुन्छ तर नेतृत्वमाथि कार्वाही भएका समेत दृष्टान्त छन् । चालिसकाे दशकमा एकपटक पार्टीमा विवाद भएकाे बेला मोहनबिक्रममाथि कारवाही गरिएको थियो । तर उनको राजनीतिक प्रतिवेदन भने पारित भयो । त्यतिबेला मोहनबिक्रमले विवेक गुमाएको भए ? उनीभित्र के कस्तो मानसिकता पलाएको थियो होला कल्पना गर्न सकिन्छ । मेराे विचार लागु हुने तर म कार्वाहीमा पर्ने भन्ने साेचेर त्यही अवस्थामा उनले ‘आन्दोलन जे सुकै होस, म पार्टी छोड्छु या अर्को पार्टी बनाउँछु’ भनेको भए ?

त्याे दिनकाे जुन वातावरणा र परिस्थिति बनेकाे थियाे जसरी उनकाे भूमिकालाइ चुनाैती दिइएकाे थियाे त्यसबाट इतिहासमा ठूलो दुर्घटना हुन सक्थ्याे ।

यस्ता अन्य कतिपय घटना छन् । विचारका आधारमा निर्णय नलिँदा, या समग्र आन्दोलनको भविष्यका आधारमा निर्णय नलिँदा यसको ठूलो असर पर्दछ । त्यसैले आवेग र इगोलाई विचारमुनि नियन्त्रण गर्नुपर्छ, व्यक्तिको इगो भन्दा समग्र आन्दोलन र हामीले बोकेका सपनाहरुलाई प्रधानता दिनुपर्छ भनेर कम्युनिष्टहरुले भन्दै आएका हुन ।

कुरा गरौं प्रचण्डको, नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्र देखिएको पछिल्लो विवादमा माथि भनिएका दुई प्रवृत्ति मुख्यरुपमा सतहमा देखिएका छन् । एउटा प्रवृत्तिले आन्दोलन जे सुकै होस, जनताले देखाएको आस्था र विश्वास टुटे टुटोस्, म नै नरहने हो भने कम्युनिष्ट पार्टीको भविष्य जे सुकै होस्, समाजवादको सपना जतासुकै पछारियोस् भन्ने व्यवहार प्रदर्शित गरेको छ । तर अर्को प्रवृत्तिले व्यक्तिगत इगो, लहड या स्वार्थ वा भावनात्मक छालहरुले समग्र पार्टी एकता, यसको मर्म, जनताका सपना र कम्युनिष्ट आन्दोलनको लक्षलाई बन्धकी बनाउँनु हुँदैन भन्नेमा जोड दिएको देखिन्छ । पहिलो प्रवृत्तिको परिणति दल विभाजनसम्बन्धी अध्यादेश र नेकपा एमाले नामक दल स्थापनाका रुपमा देखियो भने दोश्रो प्रवृत्तिका पक्षमा देशभरीका कार्यकर्ताले ठूलो दबाब दिए । यतिसम्म कि यदि विचारकै या आन्दोलनकै रक्षा गर्ने शर्तमा भएपनि प्रचण्डले राजिनामा दिनुपर्छ भन्ने मतसमेत प्रकट भए । यो दोश्रो पक्ष कम्युनिष्ट प्रवृत्ति थियो पहिलो प्रवृत्तिलाई आन्दोलन या नेपाली समाजलाई समाजवादतर्फ अघि बढाउने हुटहुटी भन्दा इगोले बढी निर्देशित गरेको थियो ।

याे पनि पढ्नुस  केही तत्व प्रधानमन्त्री र मलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं : अध्यक्ष प्रचण्ड

यी दुई प्रवृत्तिबीचको संघर्षको एउटा उच्चतम अभिव्यक्ति स्थायी समिति बैठकमा देखा पर्यो ।

पार्टीभित्र विवाद हुनु स्वभाविक हो । घनिभूत छलफल चल्नु, मत बाझाबाझ हुनु, एकले अर्कोलाई कार्वाही गर्नु, अल्पमत र बहुमत हुनु । समीकरण निर्माण हुनु र फेरिनु पनि सामान्य हो । यी सबै पक्षलाई विचारले निर्देशित गरेको छ भने यसले पार्टीलाई एकढिक्का बनाउन, करेक्सनमा जान सजिलो पार्छ । तर यो बहस र विवादलाई नै एक पक्षले अवरुद्ध पार्न खोजे भने, छलफललाई निषेध पार्न खोजे, जे सुकै गर म छलफलमा आउँदिन भन्ने अवस्था सिर्जना गरे भने ? बिरालोलाई ढोकाभित्र थुनेर प्रहार गर्न खोजे भने ? अर्को पक्षको मनोविज्ञान के होला ? ‘यति गर्दा पनि छलफलमा नआउने, आफ्नो मात्रै सोच्ने, आन्दोलनको चिन्ता नगर्ने, मैले मात्र कति एकताको ठेक्का लिने, के मेरो मन र मर्यादा छैन ?’ भनेर अर्को पक्षले नसोच्ला र ? एक पक्षले बहस र छलफललाई पूर्ण उपेक्षा गर्दै जाने अवस्थामा अर्कोपक्ष प्रतिदिन अपमानित हुने स्थितिमा उसले के सोच्ला ?

मान्छे न हो, त्यतिबेला कुनै अप्रिय निर्णय हुन नसक्ला र ? बिरालोले पनि त्यो अवस्थामा झम्टिन आइपुग्छ भने मान्छे त झन विवेक भएको प्राणी हो ।

पार्टीभित्र विवाद देखिएपछि स्थायी समितिको बैठक बोलाइए । शुरुका केही चरणमा अध्यक्ष केपी शर्मा ओली बैठकमा दुई दिन अनुपस्थित भए । उनको स्वास्थ्यका आधारमा त्यो स्वभाविकै हुन सक्थ्यो होला । तर त्यही बीचमा उनले भारत र पार्टीका नेता जोडेर गम्भीर अभिव्यक्ति दिए । उक्त अभिव्यक्तिले स्थायी समितिको नियमित छलफल नै प्रभावित बन्यो । बैठकमा उपस्थित नहुने तर बाहिरबाट चुनौतीपूर्ण तरिकाले आलोचना गरेको भन्दै नेकपाभित्रको विवाद र बहसको अन्र्तबस्तु नै फरक हुन पुग्यो ।

त्यसपछिको परिदृश्यमा दर्जनौपटक दुबै अध्यक्षबीच छलफल भयो । प्रचण्डले सहमति नै खोज्न बालुवाटारमा हरेक दिन जसो हाजिर लगाए । आज, भोली, पर्सी…। तर छलफलले कुनै निकास पाएन । यो बीचमा अन्य नेताहरुले पनि व्यक्तिगत, सामूहिक, समूहगत भेला छलफलमार्फत निकासका लागि पहल गरे । तर माथि उल्लेख गरिएको पहिलो प्रवृत्तिले भने जे सुकै होस किन झुक्ने ? को मानसिकता बनाइसकेको थियो । निषेधको मनोविज्ञानले निकाश दिँदैनथ्यो र दिएन पनि ।

यो जटिलताको बीचमा फेरी सचिवालयको बैठक बस्यो । र, स्थायी समितिको बैठक सुचारु गर्ने सहमति बन्यो ।

‘ओलीले पेल्दै जाने, हामी उनको इगो र लहडका आधारमा हिँडनु पर्ने ? तपाई कार्यकारी अध्यक्ष हो, बहुमत छँदैछ निर्णय गर्नुस” भन्ने मत बैठकमा देखा नपरेको होइन ।

समितिको जारी बैठक सुचारु गरेर अर्को दिन बालुवाटारमा नै डाक्ने निर्णय प्रचण्ड एक्लैको थिएन । त्यो सामूहिक निर्णय थियो । पार्टीको सर्वोच्च निकाय सचिवालयले गरेको थियो ।

याे पनि पढ्नुस  चीनको नानजिङमा प्रचण्डले भने– मुट्ठिभर मानिसको समृद्धिले शान्तिपूर्ण समाजको कल्पना गर्न सकिन्न

भोलीपल्ट बिहान ११ बजे पूर्व वितरिक सूचना अनुसार, स्थायी समिति सदस्यहरु बालुवाटार पुग्ने क्रम जारी थियो । प्रचण्ड समेत बालुवाटारका लागि हिंडिसकेका थिए । तर अकस्मात अध्यक्ष ओलीको सचिवालयबाट स्थायी समितिको बैठक स्थगित भएको सूचना सार्वजनिक भयो । यो अप्रत्याशित सूचना थियो । जबकि बैठक स्थगित गर्ने कुरामा दुबै अध्यक्षबीच सहमति भएको थिएन । न त छलफल नै भएको थियो । अर्का अध्यक्षसँग छलफल नै नगरी आकस्मिकरुपमा बैठक स्थगित गर्ने निर्णय के कति विधिसम्मत थियो, त्यो भनिरहनु पर्दैन ।

स्थायी समितिको बैठक स्थगित भन्ने निर्णय अध्यक्ष ओली सचिवालयबाट आएपनि बालुवाटारमा दुई दर्जन बढी स्थायी समिति सदस्य उपस्थित भइसकेका थिए ।

उत्पन्न असहज परिस्थितिले प्रचण्डलाई के कस्तो अनुभूति त्यतिबेला भएको थियो होला भन्ने कल्पना गर्नुस् त ? अघिल्लो दिन बैठक बसाल्ने कुरा हुन्छ । बिहान आफूसँग छलफल नै नगरी अर्का अध्यक्षले बैठक स्थगित गर्न सूचना जारी गर्छन् । जबकि पार्टीमा दुई अध्यक्ष छन् र मंसिर ४ को सहमति अनुसार अध्यक्ष प्रचण्डलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिइएको छ । प्रचण्डको मनस्थिति खल्बलिने काम यतिकैमा रोकिएन ।

यद्यपी उनले आफूलाई नियन्त्रित गरे । झोंक कति चल्यो होला, हामी कल्पना गर्न सक्छौं । तर एउटा सानो भावनात्मक निर्णयले कम्युनिष्ट आन्दोलनको समग्रं इतिहासमा प्रभाव पार्न सक्थ्यो । प्रचण्ड संयमित भए । बालुवाटारमा बहुमत स्थायी समिति सदस्यहरु जम्मा भइसकेपछि प्रचण्डले झलनाथ खनालसँगै फेरी अध्यक्ष ओलीलाई भेटे । बैठकमा आउन अनुरोध गरे । तर अध्यक्ष ओलीले भने ‘जे गर्न सक्छौ गर, म छलफलमा आउँदिन’ भन्ने स्पष्ट सन्देश दिएपछि बाँकी सदस्यहरु बैठकमा बसे ।
बैठकमा बसेपछि प्रचण्डका अगाडि दुईवटा विकल्प थिए । एउटा पेलेर अघि बढ्ने । सचिवालयको बैठकमा बहुमत छँदै थियो । त्यही आधारमा ओली आए पनि नआएपनि आवश्यक निर्णय गर्ने ? अर्को बैठकलाई औपचारिकता दिने तर दूरगामी महत्वका र जारी बहसमा असर पर्ने कुनै निर्णय भने नगर्ने । सचिवालयको बैठकमा पहिलो किसिमले जाउँ भन्नेको बहुमत थियो । ‘ओलीले पेल्दै जाने, हामी उनको इगो र लहडका आधारमा हिँडनु पर्ने ? तपाई कार्यकारी अध्यक्ष हो, बहुमत छँदैछ निर्णय गर्नुस” भन्ने मत बैठकमा देखा नपरेको होइन ।

प्रचण्डका लागि बैठकको त्यो क्षण निश्चय पनि गम्भीर चुनौतीको क्षण थियो । उनले पनि अध्यक्ष ओली जस्तै ‘ल ठीकै छ, आफैले बोलाएको बैठकमा आफै नआउने हैन त ? म पनि आफ्नो अधिकार प्रयोग गर्छु, पार्टी फूटको चिन्ता तपाईले नलिने ? म पार्टी एकता भनेर महिनौंदेखि तारेख धाउने, तपाईलाई कुनै चिन्ता नै छैन भने ठीकै छ, मैले पनि कति चिन्ता बोकिराख्ने, जे होला होला ।” भन्ने सोचेर त्यो बैठकमा केही गम्भीर निर्णय गरेको भए के हुन्थ्यो होला ?

रिस उठे के गर्ने भन्दा मुखमा पानी राखेर बस्ने । अर्थात् नबोल्ने । प्रचण्डले पनि त्यही गरे ।

दुई पक्षको इगो जोडिने विवाद र बहसमा तर्क र तथ्यले स्थान पाउँदैन । हामी व्यक्तिगत जीवनमा पनि यस्तो देख्छौं । खासगरी महिला र पुरुषका बीचको सम्बन्धमा यस्तो इगोले तत्कालको परिस्थितिमा आकस्मिक निर्णय गर्ने प्रवृत्ति देखिन्छ । विगतको समिक्षा त्यहाँ हुन्न । तत्कालको इगोका आधारमा लिइने निर्णयले पछि पछुताइन्छ तर समय घर्किसकेको हुन्छ ।

याे पनि पढ्नुस  माओवादी वा एमालेलाई यति प्रतिशत भन्यो भने एकता हुँदैन : प्रचण्ड

यदि अध्यक्ष ओलीले देखाएको व्यवहारको प्रतिक्रियास्वरुप प्रचण्डले पनि त्यही इगो राखेर त्यो दिन कदम चालेको भए ?

तर प्रचण्डले त्यो दिन संयमता अपनाए । उनले सचिवालयको बैठक त बसाले तर त्यसबाट औपचारिक निर्णय केही गरेनन् । त्यो ठूलो संयमता थियो । आवेग र इगोलाई जबर्जस्ती नियन्त्रण गरेर पार्टी एकताका पक्षमा उनी दृढ संकल्पित छन् भन्ने कुरा प्रमाणित गरेको घटना थियो ।

मोहनबिक्रमले एउटा अन्तर्वार्तामा भनेका छन्– प्रचण्डसँग परिस्थितिको विश्लेषण गरेर क्रमभंगता गर्ने र क्रमभंगतामा पनि निरन्तरता खोज्ने विशिष्ट क्षमता छ । पछिल्ला दिनमा प्रचण्डको भूमिकाबाट यो कुरा झनै स्पष्ट देखियो ।

याे क्षमता नभएकाे भए त्याे दिनकाे जुन वातावरणा र परिस्थिति बनेकाे थियाे जसरी उनकाे भूमिकालाइ चुनाैती दिइएकाे थियाे त्यसबाट इतिहासमा ठूलो दुर्घटना हुन सक्थ्याे । तर यसलाई उनले रोके । माधव नेपाललगायतका नेताहरुसँग उनले छलफल गरे । अन्य बिभिन्न नेता तथा समूहसँग घनिभूत छलफल गरे । पार्टीको विधि र पद्धती मान्न, छलफलबाट नभाग्न, बहसमा आउन, आफ्ना कुरा राख्न र संठनात्मक सिद्धान्त अनुरुप आफ्ना कुरा स्थापित गर्न नसकिए बहुमत पक्षका कुरा स्वीकार्न र केन्द्रीयताका आधारमा निर्णय मान्ने पद्दतीका पक्षमा लाग्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील नै गरे ।

हाइस्कूलताका एउटा कथा थियो, रिसको ओखती भन्ने । रिस उठे के गर्ने भन्दा मुखमा पानी राखेर बस्ने । अर्थात् नबोल्ने । प्रचण्डले पनि त्यही गरे । उनले आफुभित्रको आवेगलाई नियन्त्रण गरेर पार्टी एकताको पक्षमा आफ्ना र केपी ओली समूहका कतिपयसँग छलफल अघि बढाए ।

र, अहिले नेकपामा कार्यदल बनाउने विषयमा, एकताको प्रस्ताव तयार गर्ने र पार्टीको विवादलाई दीर्घकालिन निकास दिने विषयमा ओलीलाई मनाउन उनी सफल भएका छन् । नेकपा भित्र कार्यदल बन्नु आफैमा पनि निषेधको राजनीतिविरुद्धको गतिलो कदम हो । यसले छलफललाई अगाडि बढाएको छ । भोली कार्यदलले सहमतिमा या असहमतिका बीच पनि प्रस्ताव तयार गरेर अगाडि ल्याए त्यसले बहसको बाटो खुला गर्छ । र, यो बहसले विगतको जस्तो ‘मलाई यो मन परेन, म मान्दिन, तिमीहरुले जे सुकै गर, पार्टी फुटे फुट्छ’ भन्ने प्रवृत्तिलाई कमजोर पार्ने छ ।

कमेन्ट गर्नुहोस्