पहिरोमा पुरिएर १ जनाको मृत्यु, २ जना घाइते

मार्तडीः जिल्लामा मङ्गलबार राति आएको अविरल वर्षासँगैको पहिरामा पुरिएर १ बालिकाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका-५ डोगडीको वनकाँडाको खर्कमा ३ वर्षीया बालिका सनीका बुढा रहेकी छन् ।

घाइते हुनेमा ५ वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले जानकारी दिए।

याे पनि पढ्नुस  बाघको छालासहित ३ जना पक्राउ

उनले दिएको जानकारीअनुसार मङ्गलबार राति सुतेको अवस्थामा लेकको खर्कमाथिबाट आएको पहिरामा परी बालिकाको मृत्यु भएको र आमा र छोरी घाइते भएको बताए ।

घाइते भएकी आमा र छोरीलाई डोगडी प्रहरीले चौकीको टोलीले उद्धार गरी डोगडी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताउनुभएको छ ।

याे पनि पढ्नुस  बाघको छालासहित ३ जना पक्राउ

भैँसीखर्कमाथिबाट आएको पहिराले सबै सामान पुरेर नष्ट पारेको छ भने पहिरामै परी बुढाका २ बाख्रासमेत मरेका छन् भने सोही वडाका देउसे बुढाको एकहल गोरुसमेत पहिरोले च्यापेको अध्यक्ष रावतको भनाइ रहेको

कमेन्ट गर्नुहोस्