भारतमा कोरोनाको फेरि नयाँ रेकर्ड

काठमाडौंः भारतमा कोरोनाले फेरि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित देखा पर्दै कोरोनाले नयाँ रेकर्ड कायम गरेको हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ६९ हजार १९६ जना संक्रमित थपिएका छन् । उक्त अवधिमा त्यहाँ ९७९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुग्दा ५३ हजार ९९४ जनाको मृत्यु भएको छ ।

बुधबार रेकर्ड ५९ हजार ३६५ जनालाई निको भएको छ । अहिलेसम्म २० लाख ९६ हजार ६८ जनालाई निको भएको छ । हाल ६ लाख ८५ हजार २३१ जना सक्रिय संक्रमित रहेका छन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमितको संख्यामा ब्राजिलमा एकैदिन कीर्तिमानी वृद्धि

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा बुधबार १३ हजार १६५ जना संक्रमित थपिँदा ३४६ जनाको ज्यान गएको छ । निको हुनेको संख्या ९ हजार ११ रहेको छ ।

तमिलनाडुमा ५ हजार ७९५ संक्रमित थपिँदा ११६ जनाको ज्यान गयो । राजधानी दिल्लीमा १ हर ३९८ जना संक्रमित थपिँदा ९ जनाको ज्यान गएको थियो ।
तीव्र गतिमा पछिल्ला दिनमा भारतको अवस्था भयावह बन्दै गएको छ । भारतमा कोरोनाले नयाँ–नयाँ रेकर्ड बनाउँदै आइरहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितहरू भारतमै फेला परेका छन् ।

याे पनि पढ्नुस  १३०४ संक्रमित थपिए, २१ जनाको मृत्यु

भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।

धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजार नयाँ संक्रमित थपिएका छन् भने १२ सय १४ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४८ हजार ५४१ जना संक्रमित थपिँदा ११ सय ७० जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  कहाँ-कहाँ थपिए आज कोरोना संक्रमित? (सूचीसहित)

रसियामा झण्डै ५ हजार संक्रमित थपिँदा ११७ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ३ हजार ९ सय संक्रमित थप भएका छन् भने १५९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५८ हजार नयाँ संक्रमित थपिएका छन् । ६ हजार ४ सय जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कुल संक्रमितको संख्या २ करोड २५ लाख ५६ हजार पुगेको छ भने ७ लाख ८९ हजार जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ करोड ५२ लाख पुगेको छ ।

कमेन्ट गर्नुहोस्