चरेससहित बलम्बुबाट १ युवती पक्राउ

काठमाडौं : ९ किलो ३५० ग्राम चरेससहित धादिङ गजुरी गाउँपालिका-८ की एक युवती बलम्बुबाट पक्राउ परेकी छन् ।

महानगरीय प्रहरी बृत्त थानकोटको विशेष अप्रेशनमा चन्द्रागिरि नगरपालिका-१२ बलम्बुबाट २२ वर्षीया पवित्रा थिङलाई पक्राउ गरिएको हो ।

बलम्बुमा डेरा गरी बस्दै आएकी थिङलाई ९ केजी चरेससहित पक्राउ गरेको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले पुष्टि गरे । उनका श्रीमान फूलबहादुर तामाङ फरार रहेको श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  नमाज पढ्दै गरेको बेला १४ जना मस्जिदबाट पक्राउ

थिङले चरेस खाटमुनि जेब्रा झोलामा लुकाएर राखेकी थिइन् । थिङमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान थालिएको थानकोट प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्