निषेधाज्ञामा कच्चा पदार्थ बोकेका ढुवानी साधन चल्न दिने निर्णय

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएका बेला उद्योग कलकारखानाका लागि कच्चा पदार्थ बोकेका ट्रक लगायतका ढुवानीका साधनलाई सञ्चालन गर्न दिइने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बसेको बैठकमा कोरोना रोकथामका लागि गठिन कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमीले तयार गरेको प्रस्तावित निर्णयहरुमाथि छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

याे पनि पढ्नुस  के काठमाडौं उपत्यकामा समुदायस्तरमा सङ्क्रमण फैलिसकेको हो ?

उनले भने, ‘कोरोना रोकथामका लागि सिसिएमसीले ल्याएको प्रस्तावित निर्णयमा विभिन्न विषय उठाइएको छ, त्यसमा परिमार्जनका लागि सबै मन्त्रीहरुले प्रस्ताव राख्नुभएको छ । मन्त्रीहरूले राखेका कुराहरु समावेश गरेर प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि निर्णय गर्ने भन्ने कुरा भएको छ ।’

धेरै नेपाली बाहिरबाट ल्याउनुपर्ने भएको र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको उनले बताए । यस्तै नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुलाई नेपाल आउन र संबन्धित देशमा सहज ढंगले आवत जावतको व्यवस्था गर्ने निर्णय भएको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा थपियो निषेधाज्ञा, के छन् नयाँ नियम ?

कमेन्ट गर्नुहोस्