आज ८३८ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या १८ हजार नाघ्यो

काठमाडौं : गत २४ घण्टामा नेपालमा ८ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभर ८ सय ३८ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए ।

योसँगै संक्रमितको कूल संख्या ३० हजार ४ सय ८३ पुगेको छ । जसमध्ये अहिले विभिन्न जिल्लामा १२ हजार १ सय ३२ जना संक्रिय संक्रमित छन् ।

याे पनि पढ्नुस  कोरोनाको स्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

पछिल्लो २४ घण्टामा २ सय ५० डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

अहिले देशभर १२ हजार ३ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् । आज उपत्यकामा १ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १४२, ललितपुरका २५ र भक्तपुरका १ जना रहेका छन् ।

याे पनि पढ्नुस  प्रवासी नेपाली एकता मञ्च ओमन बैठकः कोरोनादेखि नयाँ नक्साबारे छलफल

कमेन्ट गर्नुहोस्