काठमाडौं : लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने निर्णय गरिएको छ ।
‘प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको छ, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने, ‘अर्कोतर्फ संक्रमण बढ्दै जाँदा अस्पतालमा पनि ठाउँ नहुन सक्छ। त्यस्तो अवस्थामा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्नुपर्ने हुन्छ।’
यसैबीच सरकारले विदेशबाट उद्धार गरिने नेपालीलाई एकिकृत क्वारेन्टाइनमा राखिने जनाएको छ । एकीकृत काठमाडौं उपत्यकामा तयार गरिने र त्यसको व्यवस्थापन नेपाली सेनाले गर्ने प्रवक्ता खतिवडाले जानकारी दिए ।