लागूऔषध गाँजासहित २ पक्राउ

कास्कीः प्रहरीले लागूऔषध गाँजासहित पोखराबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा-२७ अर्घौचोकका २३ वर्षीय सन्दीप विक र २९ वर्षीय किशोर तिमिल्सना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । दुबै जनालाई गएराति पोखरा-२७ ज्यामिरेकुनाबाट लागूऔषधसहित पक्राउ गरिएको उन्ले बताए ।

याे पनि पढ्नुस  कास्की–२ मा मतदान सुरु, २१ उम्मेदवार चुनावी मैदानमा

इलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा आरोपित विकले चलाई ल्याएको ग५प ५८७९नंको मोटरसाइकलमा सवार उनीहरुको साथबाट २० ग्राम र सोधपुछको क्रममा विकको कोठाबाट एक किलो ४ सय ४० ग्रामसहित १ हजार ४ सय ६० ग्राम गाँजा, मोबाईल थान २ र मोटरसाइकल नियन्त्रणमा लिएको प्रनाउ हमालले जानकारी दिए ।

याे पनि पढ्नुस  नवजात शिशुको हत्या आरोपमा महिला पक्राउ

पक्राउ परेका दुबै जनालाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखराको विभिन्न स्थानमा लागूऔषध गाँजा बिक्रीवितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्