विप्लव नेकपाका तत्कालीन सैन्य कमाण्डरसहित ८८ जना जसपामा प्रवेश

काठमाडौं : नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य केन्द्रिय कमाण्डका तत्कालिन सैन्य कमाण्डर जीवन लामा (जिमी) सहितका ८८ जना नेताकार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

जसपामा प्रवेश गर्नेमा कमाण्डर लामासहित ब्यूरो सदस्य प्रह्‍लाद फुयाल (जीवन), रौतहट जिल्ला पूर्व सेक्रेटरी गोपाल जिम्बालगायत विभिन्न तह र जिल्लाका ८८ जना नेता रहेका छन् ।

याे पनि पढ्नुस  विप्लव नेकपाले भन्यो : कार्यकर्तामाथि आक्रमण गर्दा प्रतिकारमा राजेन्द्र श्रेष्ठको मृत्यु

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिका अनुसार उनीहरू विप्वलको पार्टीमा रहँदा ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली जिल्लाका विभिन्‍न तहगत जिम्मेवारीमा रहेका नेताहरू हुन् ।

कमेन्ट गर्नुहोस्