काठमाडौं : गत २४ घण्टामा नेपालमा ८ सय १८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभर ८ सय १८ जनामा कोरोना पोजिटिभ देखिएको हो । ८१८ मध्ये २२० महिला र ५९८ पुरुष रहेका छन् ।
योसँगै संक्रमितको कूल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । जसमध्ये अहिले विभिन्न जिल्लामा १३ हजार १ सय ५५ जना संक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा २ सय ८१ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।
अहिले देशभर ११ हजार ४ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् । आज उपत्यकामा १ सय २६ जनामा कोरोना पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंका १ सय २६, ललितपुरका १२ र भक्तपुरका २८ जना रहेका छन् । आज देशभर ८ हजार २६ जनाको पीसीआर गरिएको छ ।